National life

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२६ असोज २०८०, शुक्रबार
773Shares
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको विराटनगर शाखाले जीवन बीमा सचेतना कार्यक्रम सम्पन गरेको छ। कम्पनीले जीवन बीमाको महत्त्व र आवश्यकता दर्साउने उदेश्यले विराटनगर शहर देखि करिब १० किलोमिटर पुर्व उतरमा रहेको कटहरी गाउँपालिका वडा नम्बर ६ मा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका उप प्रदेश प्रमुख सुरेन्द्र कुमार कर्ण , विराटनगर शाखाका शाखा प्रमुख सन्तोष आचार्य, वडा अध्यक्ष वीसो सरकार, शाखाको सिनियर एजेन्सी म्यानेजर राजन दाहाल लगायत स्थानिय करिव ६० जनाएको उपस्थित रहेको थियो।

कार्यक्रममा बोल्दै विराटनगर शाखाको शाखा प्रमुख सन्तोष आचार्यले बीमा मानिसको अनिवार्य आवश्यकता भइसकेको हुनाले एक घर एक बीमा सरकारले लिएर आएको अवधारणासँगै प्रत्येक घर घरको आजको आवश्यकता रहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जीवन बीमा मानिस मरेपछि मात्र पाइन्छ भन्ने अवधारणा जनमानसमा हिजोको दिनमा रहेता पनि आजको अवस्थामा यस्तो धारणा परिवर्तन भइसकेको र जीवन बीमा कम्पनीहरुले सुविधा अनुसार घातक रोग, पुर्ण असक्त सुविधा,तथा दुर्घटना हुदा मेडिकल खर्चको सुविधाहरु पनि हिजोआज बीमा कम्पनीहरुवाट दिने गरेको कार्यक्रममा शाखा प्रमुखले जानकारी गराए ।

उक्त कार्यक्रममा वडा अध्यक्ष वीसो सरदारका अनुसार ग्रामीण क्षेत्रका बासिन्दाहरु दुर्घटना हुदा, घरपरिवारको मुलि‌मृत्यु हुदा चन्दा माग्न वाडमा आउने जमात धेरै छ,यदि बीमा वहाँहरुलाइ बुझाएर गर्न सके सम्बृदि देशको परिकल्पना साच्चै सम्भव हुने थियो भन्ने कुरा बताए ।

यो समाचार शेयर गर्नुहोस्
773SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?