काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीका लागि खुला गरेको छ। कम्पनीले २८ हजार १०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो।
उक्त सेयरको मूल्य भने बिक्रेताले निर्धारण गरेअनुसार रहनेछ। हालका लागि यो सेयर खरिद गर्ने अवसर कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र दिइएको छ।
इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको मैतिदेवीस्थित केन्द्रीय कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन्।
निर्धारित अवधिभित्र पर्याप्त आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने प्रक्रिया अगाडि बढाइने कम्पनीले स्पष्ट पारेको छ।

































