National life

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा, कसले किन्न पाउने ?

कम्पनीले आजदेखि उक्त सेयर खरिदका लागि आवेदन खुला गरेको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
६ दिन अगाडि|२८ भदौ २०८३, आइतबार
1.1kShares
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा, कसले किन्न पाउने ?
ncell

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १६ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले आजदेखि उक्त सेयर खरिदका लागि आवेदन खुला गरेको हो । हाल कायम संस्थापक सेयरधनीले मात्रै बिक्रीमा राखिएको सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आवेदन कम्पनीको काठमाडौंस्थित कमलादीमा रहेको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बिक्री हुन बाँकी सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?