National life

१४ बीमा कम्पनीको प्रथम बीमाशुल्क ४९ अर्ब नाघ्यो, कसले कति कमायो?

बीमाशुल्क आर्जन अघिल्लो वर्षको तुलनामा २२.९७ प्रतिशतले बढी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१८ साउन २०८३, सोमबार
1.1kShares
१४ बीमा कम्पनीको प्रथम बीमाशुल्क ४९ अर्ब नाघ्यो, कसले कति कमायो?
ncell

काठमाडौं । जीवन बीमा क्षेत्रमा नयाँ व्यवसायको आकर्षण बढ्दै जाँदा गत आर्थिक वर्षमा प्रथम बीमाशुल्क उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्ममा कुल ४९ अर्ब ४० करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा २२.९७ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूले ४० अर्ब १७ करोड ६० लाख रुपैयाँ मात्र यस्तो बीमाशुल्क संकलन गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणका अनुसार गत आवको चौथो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्स प्रथम बीमाशुल्क आर्जनमा अग्रस्थानमा रहेको छ। कम्पनीले १२ महिनाको अवधिमा १३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ नयाँ व्यवसाय आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.६२ प्रतिशतले वृद्धि हो। त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहँदै ६ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ, जसमा १८.७३ प्रतिशतको वृद्धि देखिएको छ।

वृद्धिदरका आधारमा भने आइएमई लाइफ र सिटिजन लाइफ अग्रणी देखिएका छन्। आइएमई लाइफको प्रथम बीमाशुल्क ६४.९८ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने सिटिजन लाइफको ४२.२७ प्रतिशतले वृद्धि भई ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ।

अन्य कम्पनीहरूतर्फ सूर्यज्योति लाइफको २२ प्रतिशत वृद्धि सहित ३ अर्ब ७४ करोड, एलआईसी नेपालको ३ अर्ब ५३ करोड, हिमालयन लाइफको ४ प्रतिशत वृद्धि सहित २ अर्ब ९३ करोड, एशियन लाइफको २६ प्रतिशत वृद्धि सहित २ अर्ब ७१ करोड, सानिमा रिलायन्स लाइफको १९ प्रतिशत वृद्धि सहित २ अर्ब २३ करोड र रिलायबल नेपाल लाइफको ३८ प्रतिशत वृद्धि सहित २ अर्ब २७ करोड रुपैयाँ प्रथम बीमाशुल्क पुगेको छ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफले २ अर्ब १५ करोड, मेट लाइफले १ अर्ब ६४ करोड, सन नेपाल लाइफले १ अर्ब ३७ करोड तथा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ७९ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?