काठमाडौं । अधिकांश जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन घटेको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार मंसिर महिनाको मसान्तसम्ममा पाँच कम्पनीबाहेक सबै कम्पनीको प्रथम बीमाशुल्क आर्जनमा गिरावट आएको देखिएको छ।
प्राधिकरणको तथ्यांक अनुसार पुष मसान्तसम्ममा नेशनल लाइफ, नेपाल लाइफ, एशियन लाइफ, आइएमई लाइफ र मेट लाइफबाहेक सबै जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जनमा गिरावट आएको छ।
प्राधिकरणले सार्वनजिक गरेको तथ्यांक अनुसार पुष मसान्तसम्ममा नेशनल लाइफको प्रथम बीमाशुल्क गत आर्थिक बर्षको तुलनामा २२.३९ प्रतिशतले बढेको देखिएको छ।
यस्तै अन्य कम्पनीको विवरण तलको तालिकामा हेर्नुहोस्।


































