National life

सानिमा रिलायन्स लाइफको नाफा र बीमाशुल्क आर्जन सामान्य बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२८ साउन २०८३, बिहिबार
924Shares
सानिमा रिलायन्स लाइफको नाफा र बीमाशुल्क आर्जन सामान्य बढ्यो
ncell

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन र नाफामा सामान्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब ८५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १६.१७ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ६ अर्ब ७६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको नाफामा समेत सामान्य सुधार आएको छ । कम्पनीको खुद नाफा १.६८ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिमा ३८ करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले यो अवधिमा ७ अर्ब २१ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६ अर्ब ५४ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको कुल खर्च ८ अर्ब ३१ करोडबाट बढेर ९ अर्ब २२ करोड पुगेको छ ।  

यस्तै कम्पनीको महाविपत्ती कोषको आकार १८ करोड ५९ लाख र रिटेन्ड अर्निङको ३५ करोड ९८ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.६२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६४३.४५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.४९ गुणा कायम भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
924SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?