काठमाडौं । एशियन लाइफ इन्स्याेरेन्सले ब्याज छुट दिने भएको छ । एशियन लाइफले व्यतित भएका जीवन बीमालेखको पुनजार्गरणमा लाग्ने ब्याज छुट सुविधा दिने भएको हाे ।
कम्पनीले २०८० साउन मसान्तसम्म पूर्ण व्यतित भएका पोलिसीहरुमा छुट दिन लागेको हो ।
कम्पनीले भदौ १८ गतेबाट परिपक्क हुन बाँकि अवधि ५ बर्षदेखिमाथि ५० प्रतिशत छुट र २ बर्षदेखि ५ बर्षभन्दा कममा २५ प्रतिशत छुट दिने भएको छ ।
यो योजना २०८० भदौ १८ देखि असोज २३गतेसम्म लागू हुने छ ।


































