National life

आर्टुडियो प्रस्तुत गर्दछ “नुन र सून / Sool ja Kuld”: लिइसी टामको रेसिडेन्सी प्रदर्शनी

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०५ चैत २०८२, बिहिबार
947Shares
आर्टुडियो प्रस्तुत गर्दछ “नुन र सून / Sool ja Kuld”: लिइसी टामको रेसिडेन्सी प्रदर्शनी
ncell

काठमाडौँ। आर्टुडियो इस्टोनियाकी टेक्सटाइल डिजाइनर तथा अनुसन्धानकर्ता (Liisi Tamm) लिइसी टामको रेसिडेन्सी प्रदर्शनी “नुन र सून / सूल ज कुल्ड” (Sool ja Kuld) प्रस्तुत गर्न पाउँदा खुशी व्यक्त गरेको छ। प्रदर्शनी यहि चैत्र ६ गतेदेखि १० गतेसम्म ललितपुरको नकबहिलस्थित आर्टुडियोको पाटन विंगमा आयोजना हुँदैछ। गत फेब्रुअरी-मार्च २०२६ मा आर्टुडियोको इन्टरनेसनल आर्टिस्ट रेसिडेन्सी अन्तर्गत भएको उनको बसाइँको परिणामस्वरूप यो प्रदर्शनी हुन लागेको हो।

“हामी पहिले नुन र सुन मात्र किन्थ्यौं, अरू त सबै हामी आफैं बनाउँथ्यौं।” भन्ने नेपालमा प्रचलित एउटा आहानबाट प्रेरित यस प्रदर्शनीले आत्मनिर्भरता, सिर्जना प्रक्रिया र परम्परागत ज्ञानको दीर्घकालीन महत्वलाई उजागर गर्दछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यही अवधारणा मार्फत (Liisi Tamm) टामले परम्परागत हस्तकला अभ्यास र स्थानीय सामग्रीहरूको सांस्कृतिक तथा भौतिक महत्वको खोजी गरेकी छन्।

रेसिडेन्सी अवधिमा (Liisi Tamm) टामले काठमाडौं उपत्यका तथा नेपालको अन्य स्थानहरूको व्यापक अध्ययन गर्दै रैथाने कपडा बुन्ने परम्परा, प्राकृतिक फाइबर र हरेक दिन गरिने हस्तनिर्माण अभ्यासहरूसँग नजिक रहेर काम गरिन्। स्थानीय महिला हस्तकलाकर्मी तथा सृजनात्मक व्यक्तिहरूसँगको संवाद र सहकार्यले उनको कामलाई आकार दिएको छ, जसले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत कपडा बुन्ने ज्ञानलाई उजागर गर्दछ।

प्रदर्शनीमा नेपाल बसाइँका क्रममा विकसित गरिएका उनका विभिन्न टेक्सटाइल अन्वेषणहरू प्रस्तुत गरिएका छन्, जसले परम्परा र समकालीन अभ्यासबीचको संवाद सिर्जना गर्छ। इस्टोनियन टेक्सटाइलको स्पर्श र नेपालको समृद्ध हस्तकला परम्पराको संयोजनले यी कामहरूमा सामग्रीप्रतिको बुझाइ र साझा अभ्यासमा आधारित अन्तर-सांस्कृतिक समानता देख्न पाइन्छ।

“नुन र सून / सूल ज कुल्ड(Sool ja Kuld)” ले दर्शकलाई परम्परागत हस्तकलालाई केवल सांस्कृतिक वस्तुको रूपमा मात्र नभई जीवित अभ्यासका रूपमा हेर्न आमन्त्रण गर्दछ, जहाँ बनाउने प्रक्रियामार्फत नै इतिहास, पहिचान र ज्ञानको प्रवाह निरन्तर अघि बढ्दै जान्छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
947SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?