National life

केन्टद्वारा आईसीसी टी–२० विश्वकप २०२६ लक्षित विशेष उपहार योजना सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२९ मंसिर २०८२, सोमबार
873Shares
केन्टद्वारा आईसीसी टी–२० विश्वकप २०२६ लक्षित विशेष उपहार योजना सार्वजनिक
ncell

काठमाडौं।  विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओ (KENT Mineral RO) ले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ। “Match Ready with Pure Water” नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय क्रिकेट अनुभव जित्ने अवसर पाउनेछन्।

यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले ८ फेब्रुअरी, २०२६ मा  मुम्बईको वानखेड़े स्टेडियममा आयोजना हुने नेपाल बिरुद्ध इंग्ल्याण्डको आईसीसी टी–२० विश्वकप खेलको टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन्। साथै, भाग्यशाली विजेताले ४ रात र ५ दिनको मुम्बई भ्रमण प्याकेज समेत जित्ने अवसर पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ र नेपालमा पनि “Most Trusted Brand in Nepal” को रूपमा स्थापित छ। अत्याधुनिक प्रविधिद्वारा तयार गरिएका केन्ट वाटर प्युरिफायरले परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएको छ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले Kent [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address टाइप गरी 31003 नम्बरमा एसएमएस पठाउनु पर्नेछ। योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ र सर्त तथा नियमहरू लागू हुनेछन्।

यस सम्बन्धी थप जानकारीका लागि आधिकारिक सामाजिक सञ्जाल , डिलर तथा वेबसाइटमार्फत जानकारी लिन सकिनेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
873SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?