काठमाडौँ। TCL नेपालले प्रत्येक वर्ष गर्मी याम सुरु हुनुभन्दा अघि ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विशेष सेवा अभियान सञ्चालन गर्दै आएको छ। यसै क्रममा, TCL नेपालले ग्राहकहरूलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक छुटको सुविधा समेटेको विशेष अभियान सुरु गरेको छ।
यो अभियान फाल्गुन २४ गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुनेछ। यस अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो एसी ल्याएर सट्टापट्टा (एक्स्चेन्ज) गर्न सक्नेछन् भने नयाँ एसी खरिदमा आकर्षक छुट समेत पाउनेछन्।
साथै, अभियान अवधिभर ग्राहकहरूलाई नि:शुल्क एसी सर्भिसको सुविधा समेत प्रदान गरिनेछ।
योजनाका प्रमुख सेवा र सुविधाहरू:
ग्राहकहरूले यस अभियानमा सहभागी हुन टोल-फ्री नं. १६६-००-१००-२११ / १६६-००-१०२-२११ मा सम्पर्क गर्न वा आधिकारिक वेबसाइट https://cgelex.com/ मा गई आफ्नो पुरानो एसीको मूल्य आँकलन गर्न सक्नेछन्। रजिस्ट्रेशन पछि TCL को टेक्निसियनले ग्राहकको घरमै पुगी सेवा प्रदान गर्नेछन्।
सेवा सुविधा कम्पनीका नियम र शर्तहरूमा आधारित छ।
अभियान सीमित अवधिको लागि मात्र लागू हुनेछ।
TCL नेपालले ग्राहकहरूलाई गुणस्तरीय उत्पादन र सेवा पुर्याउन सदैव अग्रसर रहेको छ। यस अभियानमार्फत कम्पनीले ग्राहकहरूलाई गर्मीको तयारीको साथै सहज र सुलभ सेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।






































