National life

डीपल S05 र नामी भिगो एकसाथ सार्वजनिक: नेपालगञ्जलाई विद्युतीय गतिशीलतामा अघि बढाउँदै एमएडब्लू वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२८ मंसिर २०८२, आइतबार
714Shares
डीपल S05 र नामी भिगो एकसाथ सार्वजनिक: नेपालगञ्जलाई विद्युतीय गतिशीलतामा अघि बढाउँदै एमएडब्लू वृद्धि
ncell

नेपालगञ्ज । नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै नेपालगञ्जमा डीपल S05 र नामी भिगो औपचारिक रूपमा लन्च गरेको छ । यो लन्च कार्यक्रम नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायिक साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा सम्पन्न भएको हो। यस कार्यक्रमलाई पश्चिम क्षेत्रमा अत्याधुनिक विद्युतीय मोबिलिटीको विस्तारमा एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।

सफलतापुर्वक सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल सरकारका स्थानीय प्रतिनिधि, व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्रमका प्रमुख अतिथि FNCCI नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी र विशेष अतिथि FNCCI कोहलपुरका अध्यक्ष प्रदीप भट्टराई थिए ।

एमएडब्लू ग्रुपको तर्फबाट एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि मोटर्सका CEO प्रशन्न पन्त तथा एमएडब्लू वृद्धि अटोकोर्पका CEO ज्ञानेन्द्र चन्दको उपस्थिति रहेको थियो। पानस अटोमोटिभको तर्फबाट कार्यक्रममा सहभागिता जनाउनु भएका अध्यक्ष ज्ञानेन्द्र खनाल र प्रबन्ध निर्देशक आयुष खनालले पश्चिम नेपालमा ईभी इकोसिस्टम विकासप्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्याए ।

यस वर्षकै चर्चित विद्युतीय SUV मध्ये एक डीपल S05 अब नेपालगञ्जमा उपलब्ध भएको छ। आराम, प्रविधि र प्रदर्शनका लागि परिचित यस SUV मा CATL को गोल्डेन शिल्ड ब्याट्री सिस्टम 2.0 प्रयोग गरिएको छ, जसले लामो ब्याट्री आयु र उच्च टिकाउपन प्रदान गर्छ। सहर तथा राजमार्ग दुवैका लागि उपयुक्त यस गाडीमा भेन्टिलेटेड र हिटेड फ्रन्ट सिट, जिरो–ग्राभिटी मोड सहितको क्विन को-पाइलट सिट, रिमोट इन-एण्ड-आउट पार्किङ, लाइभ नेभिगेसनसहितको AR-HUD, तथा पूर्ण इन्टरनेट कनेक्टिभिटी भएको १४.४-इन्च टचस्क्रिन जस्ता अत्याधुनिक सुविधा उपलब्ध छन्, जसले प्रिमियम र फ्युचर–रेडी ड्राइभिङ अनुभव प्रदान गर्छ।

डीपल S05 सँगै, एमएडब्लू वृद्धि मोटर्सले आफ्नो क्षेत्रीय साझेदार पानस अटोमोटिभमार्फत डोंगफेंगको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित स्मार्ट विद्युतीय SUV नामी भिगो पनि सार्वजनिक गरेको छ।

म्याजिक क्युब डिजाइन सहितको आकर्षक बनावट, ९९ kW क्षमताको शक्तिशाली मोटर, र ३५० किमीसम्मको WLTP रेञ्ज दिने दुईवटा ब्याट्री विकल्पले भिगोलाई अरूभन्दा फरक बनाउँछ। हेभन एण्ड अर्थ टेलगेट, म्युजिकसँग मिल्ने एम्बियन्ट लाइटिङ, मेमोरी तथा वेलकम सिट, ३०% देखि ८०% सम्म मात्र १८ मिनेटमा फास्ट चार्ज हुने क्षमता र थप सुरक्षा तथा आत्मविश्वासका लागि Level 2 ADAS यसका प्रमुख विशेषता हुन्।

नेपालगञ्जका लागि पानस अटोमोटिभलाई आधिकारिक वितरकका रूपमा नियुक्त गरिएसँगै, अब यस क्षेत्रका ग्राहकहरूले डीपल र नामी दुवै गाडीहरूको बिक्री, सर्भिस, टेस्ट ड्राइभ तथा आफ्टर–सेल्स सपोर्ट आफ्नै ठाउँमा सहजै प्राप्त गर्न सक्नेछन्। डीपल S05 को मूल्य ब्ल्याक इन्टेरियरका लागि रु. ५६,९९,००० र ओरेन्ज इन्टेरियरका लागि रु. ५७,९९,००० तोकिएको छ।

nic asia capital
नेपालगञ्जका लागि विशेष लन्च अफर अन्तर्गत ब्ल्याक इन्टेरियर रु. ५५,९९,००० र ओरेन्ज इन्टेरियर रु. ५६,९९,००० मा उपलब्ध हुनेछ।

त्यसैगरी, नामी भिगो E2 को मूल्य रु. ३८,९९,००० र E2+ भेरियन्ट रु. ४१,९९,००० निर्धारण गरिएको छ। लन्च अफर अन्तर्गत नेपालगञ्जमा भिगो E2 रु. ३७,९९,००० र E2+ रु. ४०,९९,००० मा उपलब्ध हुनेछ।

यस अवसरलाई स्मरणीय बनाउन एमएडब्लू वृद्धि र पानस अटोमोटिभले नेपालगञ्जमा विशेष टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम पनि सुरु गरेका छन्। यसमार्फत ग्राहकहरूले दुवै मोडेल प्रत्यक्ष अनुभव गर्न, विज्ञहरूसँग परामर्श लिन तथा लन्च अवधिका विशेष अफर र छानिएका विद्युतीय सवारीसाधनमा एक्सचेन्ज सुविधा प्राप्त गर्न सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?