National life

तिहारमा चिनी अभाव नहुने, साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने  

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० कात्तिक २०८०, सोमबार
718Shares
तिहारमा चिनी अभाव नहुने, साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने  
ncell
काठमाडौं ।साल्ट ट्रेडिंग कर्पोरेशन लिमिटेडले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर पहलपछि ट्रेडिंगले उक्त परिमाणको चिनी दिने भएको हो ।
बजारमा चिनीको सर्टेज  भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिंग मार्फत किन्ने प्रबन्ध गरेको थियो ।
साथै अवैध रुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीन वटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालन गरिएको थियो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले राजधानी काठमाडौंका विभिन्न स्थानमा अवैध रुपमा पठाइएका सयौँ बोरा चिनी बरामद गरेको थियो ।
उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिंगले आफ्ना आउटलेट, खुद्रा विक्रेता सङ्घ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरे पनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीले समेत १० बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका हुन् ।
उक्त  चिनी प्रतिकिलो ११५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारवाही हुने छ । खुद्रा व्यापारी तथा व्यवसायीहरुले आज सोमबार देखि साल्ट ट्रेडिंगको कालीमाटी शाखा र भोली मंगलबार देखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउने भएका छन् ।
यो समाचार शेयर गर्नुहोस्
718SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?