National life

दशैं बिदामा नेपाल आयल निगमका यी डिपो खुल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१२ असोज २०८२, आइतबार
1.3kShares
दशैं बिदामा नेपाल आयल निगमका यी डिपो  खुल्ने
ncell

काठमाडौं । नेपाल आयल निगमले आफ्नो डिपोहरु दशैं बिदाको समयमा पनि निरन्तर चलाउने भएको छ ।

निगमका अनुसार विराटनगरस्थित कोशी प्रादेशिक कार्यालय र मधेश प्रादेशिक कार्यालय अमलेखगन्ज असोज १३ र १७ गते सञ्चालनमा आउने छन् । बागमती प्रादेशिक कार्यालय थानकोट १३, १५ र १८ गते खुल्ने छ । पोखरा र भैरहवा डिपो १३, १४ र १८ गते चल्नेछन् ।

Royal Enfield
nic asia capital

सुर्खेत १३ र १८ तथा धनगढी डिपो १३, १४ र १७ गते खुल्ने निगमले जनाएको छ । चारआली डिपो १३ र १७ गते, नेपालगन्ज डिपो १३ र १४ गेत, वीरगन्ज डिपो १३, १४, १५ र १७ गते तथा दाङस्थित डिपो १३, १४, १५ र १८ असोजमा खुल्ने छन् ।

दिपायल भने आवश्यकता अनुसार खोल्ने तयारी निगमको छ । सार्वजनिक बिदाको दिनमा समेत पेट्रोलियम पदार्थको सहज आपूर्ति गरिने निगमले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?