काठमाडौं । नाडा अटो शो २०२४ मा विभिन्न ब्राण्डका नयाँ गाडी तथा सवारीहरुको बिक्री एमव् प्रदर्शन भइरहेको बेलामा पछिल्लो समय व्यक्तीका लागि आवश्यकिय र महत्वपूर्ण पार्टस्हरुको पनि सहभागीता बढ्दो छ । लामो समयदेखी नेपाली बजारमा ग्राहकहरुलाई सेवा दिँदै आएको यूनोकल ल्बयुरिकेन्ट र ओजोन व्याट्रीको पनि सहभागीता रहेको छ ।
विगतका वर्षहरुमा जस्तै राजधानीको भृकुटीमण्डपमा हिजोबाट सुरुभएको नेपालकै ठूलो सवारी मेला (नाडा अटो शो) मा विभिन्न पार्टस् तथा अति उपयोगी औजारहरु भरिभराउ देखिन थालेको छ ।
ओजोन ब्याट्री तथा यूनोकोल ल्युबरिकेन्टका संचालक रंजनराज शाक्यले भने,‘हामीले धेरै पहिलेदेखि ग्राहकका रोजाई अनुसारको सामानहरु बिक्री–वितरण गर्दै आएका छौं ।
साथै, संचालक शाक्यले ग्राहकहरुको सन्तुष्टि नै आफूहरुको मुख्य उदेश्य भएको भन्दै कुनै पनि किसिमको सेवा आवश्यक भएमा आफुहरुलाई सम्पर्क गर्न सकिने बताए ।
ओजोन ब्राण्डको बारेमा
हालसालै मात्रै ‘ओजन ब्राण्ड’ ले ग्राहकहरुको मागलाई लक्षित गर्दै ओजोन ल्युबरिकेन्ट समेत नेपाली बजारमा ल्याइसकेको जानकारी दिएको छ ।


































