National life

नेपालकै पहिलो लन्ड्री लाउन्ज – LG द्वारा सञ्चालित

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२८ मंसिर २०८२, आइतबार
931Shares
नेपालकै पहिलो लन्ड्री लाउन्ज – LG द्वारा सञ्चालित
ncell

CG Electronics ले आफ्नो साझेदार Classy Clean सँग मिलेर LG द्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज काठमाडौँको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा ल्याएको छ। लन्ड्री लाउन्ज भनेको LG का प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा हो।

LG लन्ड्री लाउन्जले अत्याधुनिक LG प्रोफेसनल उपकरणहरू र आकर्षक भिजुअल पहिचानलाई एकै ठाउँमा समेट्दै लन्ड्रोम्याटको नयाँ र नविन अनुभव प्रदान गर्दछ। यो साझेदारीमा आधारित लन्ड्रोम्याट मोडलले पूर्ण व्यवसायिक समाधान उपलब्ध गराउनुका साथै ग्राहकहरूलाई आकर्षित गर्दछ। यहाँ लुगा धुने काम केवल दैनिकी मात्र नभई, आरामदायी र डिजाइनर शैलीमा सजाइएको वातावरणमा रमाइलो अनुभव बन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस लन्ड्री लाउन्जको सञ्चालन CG का साझेदार Classy Clean ले गरिरहेको छ भने यसमा LG कमर्सियल लन्ड्री सिस्टम जडान गरिएको छ, जसले उच्च गुणस्तरीय र प्रोफेसनल धुने तथा सुकाउने सेवा प्रदान गर्दछ। LG का कमर्सियल लन्ड्री मेसिनहरूले भरपर्दो सरसफाइ, प्रभावकारी धुने र सुकाउने प्रक्रिया, पानी तथा ऊर्जाको दक्ष प्रयोग, र कपडाको राम्रो हेरचाह सुनिश्चित गर्छन्। ड्रायरहरूले उच्च तापक्रमको हावाको प्रयोग गरी कपडालाई स्यानिटाइज समेत गर्छन्।

ग्राहकहरूले हप्ताको दिन बिहान ८:०० बजेदेखि बेलुका ७:०० बजेसम्म सेवा लिन सक्नेछन्। साथै, ड्रप अफ पिक अप सुविधासमेत उपलब्ध छ।

यस लन्ड्री लाउन्जको उद्घाटन चौधरी ग्रुप का प्रबन्ध निर्देशक श्री निर्वाण चौधरी तथा LG Bangladesh का प्रबन्ध निर्देशक श्री जेराल्ड चुन द्वारा संयुक्त रूपमा गरिएको हो।

 

 

 

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
931SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?