काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको खानेकुरा बेलुकासम्म कसरी जोगाउने? बजारबाट महँगोमा किनेर ल्याएको हरियो तरकारी र फलफूल भोलिपल्टै ओइलाउने समस्या होस् वा घामबाट थाकेर आएका परिवारका सदस्यले खोज्ने एक गिलास चिसो पानी; यी साना तर दैनिक भोगाइले हाम्रो जीवनलाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेका हुन्छन्।
नेपाली परिवारको यही दैनिक सङ्घर्ष र भावनालाई गहिरोसँग बुझेको नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी (CG) ले तपाईंको भान्साको चिन्तालाई पूर्ण रूपमा हटाउन ६० लिटरदेखि ५५० लिटरसम्म क्षमता भएका ४४ वटा विभिन्न मोडलका रेफ्रिजरेटरहरू बजारमा उपलब्ध गराइरहेको छ।
गर्मीमा किन सीजीको फ्रिज नै त?
बजारमा धेरै विकल्पहरू भए पनि नेपाली उपभोक्ताले सीजीलाई नै आफ्नो भान्साको अभिन्न अङ्ग बनाउनुका मुख्य कारणहरू यस्ता छन्:
तपाईँको भान्सा जतिसुकै सानो वा ठूलो होस्, सीजीसँग तपाईँको लागि एउटा पर्फेक्ट फ्रिज छ:
४ दशक लामो गौरवशाली विरासत र फ्ल्यागसिप ब्रान्ड
सीजी केवल एउटा नाम मात्र नभएर चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सको 'फ्ल्यागसिप ब्रान्ड' हो। विगत ४० वर्षभन्दा लामो गौरवशाली व्यावसायिक विरासत बोकेको यस ब्रान्डले नेपाली उपभोक्ताहरूको अटुट विश्वास जित्दै आएको छ। नेपालको आफ्नै ब्रान्ड हुनुको नाताले नेपाली हावापानी र उपभोक्ताको आवश्यकतालाई सीजीले जति अरू कसैले बुझेको छैन।
भरोसा र साथ
यी सबै रेफ्रिजरेटरहरू देशभर रहेका २१ वटा अत्याधुनिक 'सीजी डिजिटल' (CG Digital) शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np, www.cginspiringlife.com मार्फत सहजै खरिद गर्न सकिन्छ। साथै, ग्राहकको ढुक्कका लागि देशभर फैलिएका ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत जुनसुकै बेला मर्मत र प्राविधिक सहयोगको सुनिश्चितता गरिएको छ।
"गर्मीमा फ्रिज एउटा मेशिन मात्र होइन, यो परिवारको स्वास्थ्य र खुसीसँग जोडिएको उपकरण हो। विगत २ दशकदेखि नेपालीको घर-आँगनमा जोडिएको सीजी ब्रान्डले खानेकुरा बिग्रिएर फाल्नुपर्दाको दुःख बुझेको छ," सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीले बताए। "Experience Life with CG" को मूल नारालाई आत्मसात गर्दै सीजीले नेपाली उपभोक्ताको जीवनलाई सहज र तनावमुक्त बनाउन सधैं गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ।





































