काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य हालसम्मकै उच्च हो।
बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, यस दिन चाँदी मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बिहीबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

































