National life

फेरि घट्यो बैंकहरूको औसत ब्याजदर, कुन बैंकले कति दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० असोज २०८१, बुधबार
679Shares
फेरि घट्यो बैंकहरूको औसत ब्याजदर, कुन बैंकले कति दिने
ncell

काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

जसअनुसार बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर असोज महिनाको तुलनामा घटेको छ ।

असोज महिनामा ६.३९८ प्रतिशत विन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर कात्तिक महिनामा घटेर ६.१८७ प्रतिशत विन्दुमा झरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो महिनाको तुलनामा कात्तिकमा यस्तो ब्याजदर ०.२१० प्रतिशत विन्दुले घटेको हो।

यस्तै व्यक्तिगत मुद्दती निक्षेपमा असोज महिनाको तुलनामा सर्वाधिक ब्याजदर घटाउने बैंकमा सिटिजन्स बैंक र हिमालयन बैंक रहेका छन् । यी दुबै बैंकहरुले ०.७५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

त्यसैगरी ब्याजदर बढाउने बैंक भने सानिमा बैंक रहेको छ । बैंकले निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दु बढाएको छ ।

कात्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज माछापुच्छ्रे बैंकले दिने भएको छ भने सबैभन्दा कम ब्याज सिटिजन्स बैंकले दिने भएको छ ।

कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एशिया र हिमालयन बैंकले ब्याजदर सामान्य घटाएका छन् ।

ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु बैंकले भने स्थिर राखेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
679SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?