National life

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२४ वैशाख २०८३, बिहिबार
995Shares
सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाण्डौ । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २१ गतेदेखि पहिलो चरण अन्तर्गत श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले आफ्नो जारीपूँजी ३४ करोडको २५ प्रतिशत अर्थात ८ करोड ५० लाख रकमबराबरको प्रतिसेयर रु.१०० अंकित दरका ८ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशतले हुने ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन् ।

यस्तो आवेदन धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित ‘मेरो सेयर’अनलाइन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । पहिलो चरणको आईपीओ जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
995SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?