काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लिमिटेडले बुधवार स्थापनाको ६१ औं वार्षिकोत्सव मनाएको छ। बुधबार कर्पोरेशनको प्राङ्गनमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो ।
कार्यक्रमको स्वागत गर्नुहुँदै प्रमुख कार्यकारी उर्मिला श्रेष्ठले कर्पोरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई आफ्नो सेवा प्रारम्भ गरेको ६० वर्ष पूरा गरी ६१ वर्षमा प्रवेश गरेको बताउँदै कर्पोरेशनले आफ्नो उद्देश्य एवं प्रतिबद्धता अनुसार आमजनतालाई सुपथ एवं सहजरुपमा गुणस्तरीय उपभोग्य वस्तुहरु उपलब्ध गराउँदै आएको बताउनु भयो ।
कर्पोरेशनले आपूर्ति र वितरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै विषम परिस्थितिका बाबजुद पनि कर्पोरेशन आम उपभोक्ताको सेवामा सदैव सक्रिय रही आएको बताउनु भयो ।
उहाँले भविष्यमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै विपद्को समयमा समेत उपभोक्ताहरुको घर दैलोमा अत्यावश्यक वस्तुहरु पुर्याएको बताउनु भयो ।

उक्त समारोहका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले समारोहलाई सम्बोधन गर्दै नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउने आफनो मूल्य र मान्यतालाई साकार रुप प्रदान गर्दै आएको बताउनु भयो ।
उहाँले कर्पोरेशनले पुर्याउन सकेको सेवाको सरहाना गर्दै दैवी प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेशनले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनु भयो ।
उहाँले नेपाल सरकार आम जनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरुन भन्ने चाहन्छ र त्यसै अनुसारको कार्य नीति अवलम्बन गर्दै आएको र कृत्रिम मूल्य वृद्धिले उपभोक्तामा नकारात्मक असर नपरोस् भनी नेपाल सरकारले बजार अनुगमनमा सक्रियता अपनाएको बताउनु भयो ।
आफ्ना अन्तर्गतका निकायहरुलाई बजारभाउ नियन्त्रणमा भूमिका खेल्न प्रोत्साहित गर्दै आएको छ तथा साल्ट ट्रेडिङबाट ठोस सेवा उपलब्ध महशुस गरेको बताउनुभयो । उहाँले नेपाल सरकारले आवश्यकता अनुसार गरेको निर्देशन पालनामा कर्पोरेशनले देखाएको सक्रियतालाई सरकारले सकारात्मक रुपमा लिएको बताउनु भयो ।
उहाँले यो परम्परा लामो समयसम्म रहने विश्वास लिएको बताउनु भयो । नुुन जस्तो अत्यावश्यक दैनिक उपभोग्य वस्तुलाई सुपथ मूल्यमा सर्वसाधारणमा सहज रुपमा पुर्याउनु र वित्तीय लगानीको भार खेपेर पनि ६।६ महिनाको सञ्चिति कायम राख्नु सहज कुरा होइन भन्नुभयो ।
मन्त्री रिजालले सेवामूलक व्यावसायिक संस्थाको रुपमा कर्पोरेशनले संस्थागत सामाजिक उत्तरादायित्व पुरा गर्न विभिन्न सामाजिक संस्थालाई पुर्याएको योगदान प्रति प्रसन्नताको अनुभूति गरेको छ ।
सामाजिक सेवामा अझ बढी योगदान गर्दै दैनिक उपभोग्य वस्तुको कारोवारका साथै कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान पुर्याउन सकेमा सरकार अझ कृतज्ञ हुने विश्वास दिलाउँछु भन्नुभयो ।
समारोहका सभापति साल्ट टे«डिङ कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले कर्पोरेशनले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको बताउनु भयो ।
कर्पोरेशनले सेवा र कार्य क्षेत्र विस्तार गर्दै आम उपभोक्ताको घर दैलोमा सेवा पुर्याउन सफलता पाओस् भन्ने नेपाल सरकारको भावनालाई मूर्तरुप दिन निरन्तर लागिरहने विश्वास दिलाउन चाहन्छु उहाँले भन्नुभयो ।
उहाँले नेपाल सरकारले कर्पोरेशनलाई विश्वास गरी समय समयमा विभिन्न दायित्व निर्वाह गर्न निर्देशन र जिम्मेवारी प्रदान गरेको छ भने कर्पोरेशनले त्यसलाई सफलतापूर्वक सम्पन्न गरेको छ । यो विश्वासका लागि नेपाल सरकार प्रति कर्पोरेशनको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं भन्नुभयो ।
अध्यक्ष श्रेष्ठ आफ्नो कमाईको केही अंश सामाजिक काममा लगाउनु पर्छ भन्ने मान्यता सँगै संस्थागत सामाजिक उत्तरादायित्वको बोध गरी कर्पोरेशनले सामाजिक काम गर्दै आएको बताउनु भयो ।
जसअनुसार बालबालिको उत्थानमा काम गर्ने सामाजिक संघ संस्था तथा व्यक्तित्वहरुलाई लक्ष्मीदास मानन्धर बालहितकारी पुरस्कार, उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई हेम बहादुर मल्ल तथा ईश्वरलाल श्रेष्ठको नाममा उत्कृष्ट सेवा पुरस्कारबाट सम्मान गरिएको बताउनु भयो ।
त्यसैगरि २० वर्ष सेवा अवधि पूरा गरी कदरपत्र पाउनु हुने कर्मचारीहरुको सेवाको स¥हाना गर्दै संस्थाको निरन्तर उन्नतिमा उहाँहरुको भविष्यमा अझ बढी योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।
यसैबिच कार्यक्रममा लक्ष्मीदास मानन्धर बाल हितकार पुरस्कार २०८० श्री तारानमस्ते बालग्राम बिर्तामोर्ड झापालाई गरेको छ । पुरस्कार राशी ताम्रपत्र सहित रु.७५,०००।०० नगद रहेको छ ।
हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार २०८० अधिकृतस्तरमा सुनिता कुमारी पन्त गौनन्–अधिकृतस्तरमा भरत कुमार श्रेष्ठ र स्तरविहिनमा भेष बहादुर श्रेष्ठलाई रु. ३०.००००।०० तथा ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवन पुरस्कार २०८० अधिकृतस्तरमा राधेश्याम चौधरी सहायकस्तरमा कौशलकिशोर पण्डित र स्तरविहिनमा श्यामकाजी थापालाई प्रति व्यक्ति नगद ३५,०००।०० र सम्मान पत्र प्रदान गरिएको हो ।
त्यसैगरी साल्ट ट्रेडिङ अनङ्मान शेरचन छात्रवृत्ति २०८० कृष्ण कुमार शाक्यको छोरा सर्वेश शाक्य, साल्ट टे«डिङ लोकनाथ जोशी छात्रवृत्ति मनोज चौधरीकी छोरी अदिती चौधरी सुजल मिलाई गरिएको हो । छात्रवृत्ति मासिक रु.३०,०००।०० का दरले दुई वर्षसम्म उपलब्ध गराईने प्रावधान छ ।
यसैगरी २०८० सालसम्म २० वर्षभन्दा बढी सेवा गरेका ९ जना कर्मचारीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
उक्त अवसरमा बालबालिकाको संरक्षणमा सक्रिय संस्थालाई बालहितकारी पुरस्कार, उत्कृष्ट सेवा दिने कर्मचारीहरुलाई प्रशंसापत्र र एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोरा छोरीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
यो सम्मान, प्रशंसापत्र र छात्रवृत्ति समारोहका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रदान गर्नु भएको थियो ।

































