National life

सुन तस्करी प्रकरण:सोह्रखुट्टेस्थित ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
1.2kShares
सुन तस्करी प्रकरण:सोह्रखुट्टेस्थित ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा
ncell

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागको टोलीले बुधबार काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो ।

हङकङबाट सुन मगाउने कम्पनी ‘रेडी ट्रेड प्राली’को दाबी गरिएको सो गोदामबाट राजस्व अनुसन्धान विभागका अधिकारीहरुले ब्रेक प्याड बरामद गरेका छन् ।

मोटरसाइकल र स्कुटरमा लाग्ने ५५ बाकस ब्रेक प्याड बरामद गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पक्राउ परेकाहरुको बयान अनुसार पहिलेदेखि नै सुन तस्करले सो गोदाममा सुन ल्याएर निकाल्ने र ‘रि–प्याक’ गर्ने गरेका थिए ।

बुधवार नै सुन प्रकरणमा राजस्वले व्यापारी राकेश कुमार अडुकियाको घरमा छापा हानेको छ । हुण्डि कारोबारमा समेत संलग्न अडुकियाको कमलपोखरी स्थित घरमा राजस्व अनुसन्धान विभागका अधिकारीहरुले छापा मारेका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?