National life

स्वचालित मूल्य प्रणाली अपनाउँदा उपभोक्तालाई के छ फाइदा ? किन हुन्छ मुल्यमा यति ठुलो घटबढ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१६ भदौ २०८०, शनिबार
660Shares
स्वचालित मूल्य प्रणाली अपनाउँदा उपभोक्तालाई के छ फाइदा ? किन हुन्छ मुल्यमा यति ठुलो घटबढ ?
ncell

बिजय फुयाँल

काठमाडौं । गत बिहिवार(भदौ १४ गते ) बेलुकी नेपाल आयल निगमले एउटा सुचना जारी गर्यो। ‘ खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर १८६.४५ रुपैँयाले वृद्धि गरिएको छ । ’ यस अघि एक महिना अगाडी साउन १६ गते पनि निगमले यस्तै सुचना जारी गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर त्यति बेला निगमले एलपी ग्यासको मूल्य ह्वात्तै घटाएको थियो। त्यति बेला एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १३० रुपैयाँले घटाएको थियो तर अहिले पुनः १८६.४५ रुपैँयाले वृद्धि गरेको छ।

पछिल्लो समय एलपी ग्यासको मूल्यमा ठुलो अंकले उतारचढाव भैररहेको छ। यस अघि खाना पकाउने एलपी ग्यासको मूल्य भने धेरै समय स्थिर रहँदै आएको थियो। मूल्य बढेता पनि थोरै रुपैँयाले मात्रै बढ्ने गर्थ्यो। त्यस्तै अन्य डिजेल,पेट्रोल ,तथा अन्य पेट्रोलियम पदार्थको मूल्यमा पनि निगमले आफ्नै हिसावले मूल्य निर्धारण गर्दै आएको थियो । तर पछिल्लो समय स्वचालित मूल्य प्रणालीको व्यवस्था गरेसँगै खासगरी जनताको दैनिक जीविकासँग जोडिएको खान पकाउने ग्यासको मूल्यमा पनि धेरै नै तलमाथि हुने गरेको छ। त्यो पनि महिना दिनमै।

आखिर किन यस्तो भइरहेको छ? किन मुल्यमा यति ठुलो घटबढ भैरहेको छ ? खास स्वचालित मूल्य प्रणाली भनेको के हो ? यो प्रणाली अपनाउँदा आम उपभोक्तालाइ के फाइदा हुन्छ ? भन्ने आर्थिक भ्वाइसको प्रश्नमा आयल निगमका प्रवक्ता तथा सूचना अधिकारी मनोज कुमार ठाकुरले पेट्रोलियम पदार्थको सहज, सरल र सुव्यवस्थित ढङ्गले निरन्तर आपूर्ति एवं वितरणको व्यवस्था गर्न यस्तो व्यवस्था लागु गरेको बताए । प्रवक्ता ठाकुरका अनुसार स्वचालित प्रणालीको व्यवस्थासँगै अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यमा घटबढ हुन्छ ।

परल मूल्य बढ्दा बिक्री मूल्य पनि बढ्ने र घट्दा घट्ने प्रणालीअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यपछि निगमले मूल्य समायोजन गरेको प्रवक्ता ठाकुरले आर्थिक भ्वाइसलाई जानकारी दिए। यो प्रणाली अवलम्बन गर्दा आम–उपभोक्तालाई पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने, मूल्य निर्धारण पारदर्शी हुने र निगमको आर्थिक सन्तुलन सुदृढ भई विवादरहित किसिमले पेट्रोलियम पदार्थको कारोबार हुने अपेक्षा गरिएको प्रवक्ता ठाकुरले बताए ।

स्वचालित मूल्य प्रणाली कार्यविधि २०७१’ लागू गरेर पहिलो पटक १३ असोज २०७१ मा इन्धनको मूल्य समायोजन भएको थियो ।तर बिचमा विविध कारणले स्वचालित मूल्य प्रणाली लागु हुन सकेन। नयाँ प्रबन्ध निर्देशक उमेश प्रसाद थानीले ९ वर्षपछि यही साउन १६ गतेदेखि पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेका छन् ।

‘स्वचालित मूल्य उपभोक्ताको भावना हो । अब सबैका लागि अटो प्राइसिङ हुन्छ, मूल्य घटेका बेला घट्छ, बढेका बेला बढ्छ,’ ठाकुरले भने, ‘डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्नुको उद्देश्य आपूर्ति प्रणाली र पूर्वाधार चुस्त बनाउनु हो । यीबाहेक निगमको आफ्नो दायित्व पनि छ ।’ तिर्नुपर्ने ऋण तथा अन्य दायित्वबापतको रकम भुक्तानी गर्न तथा निगमको पूर्वाधार विकास, डिपो तथा अग्नि सुरक्षा संरचनाको मर्मत, आधुनिकीकरणलगायतका अत्यावश्यक कामका लागि आवश्यक पुँजी सङ्कलनका लागि लागत मूल्यका आधारमा डिजेलमा २ र पेट्रोलमा २.५ प्रतिशत मात्र नाफा राखिएको तर एलपी ग्यासको मूल्यमा भने निगमले कुनै पनि नाफा नराखी बिक्रि गर्ने गरेको प्रवक्ता ठाकुरले जानकारी दिए।

प्रवक्ता ठाकुरका अनुसार अन्तर्राष्ट्रिय बजारमा दैनिक रुपमा पेट्रोलियम मूल्य तय हुन्छ। भारतले भने हामीलाई प्रशोधन गरि पठाउने हुनाले १५–१५ दिनमा मूल्य सुची पठाउछ । ‘हामीलाई पठाउने उक्त मूल्य सुचिमा पेट्रोलियम पदार्थ मूल्य, त्यसमा प्रशोधन गर्न लाग्ने खर्च र त्यहाँ नजिकको डिपोसम्म ढुवानी गर्ने खर्च जोडेर त्यसपछिको मूल्य हामीलाई १५–१५ दिनमा पठाउने हो ।’उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा बढेको छ भने बढाएर पठाउँछ। घटेको छ भने घटाएरै पठाउँछ । त्यसपछि बल्ल बजार मूल्य तय हुन्छ ।, लागत मूल्यमा निगमले पेट्रोलमा २.५ प्रतिशत फाइदा राख्छ ,भने डिजेलमा २ प्रतिशत मुनाफा राख्छ । एलपीजिको हकमा नाफा घाटा केही राख्दैनौँ । यो प्रणाली लागु गरिसकेपछी अन्तर्राष्ट्रिय बजारमा जती मूल्य बढ्छ , त्यसमा पर्ने भ्याटको इम्प्याक्ट , इन्स्योरेन्स लगायत जोडेर बजार मूल्य तय हुन्छ ।’

‘पहिले के थियो भने,पेट्रोलियम पदार्थको मूल्य इन्डियाबाट जती बढेर आयो बढाउन नपाउने र जती घटेर आयो त्यो पुरै घटाउनुपर्थ्यो जसले गर्दा निगमको आर्थिक अवस्था एकदमै एकदमै कठिन बन्दै गएको थियो ।’उनले भने, ‘हामीले उपभोक्ताहरुलाई भारतबाट जति मूल्य बटाएर पठाउँछ, त्यही अनुसार गर्ने हो र जती घटाएर पठाउँछ त्यही अनुसार घटाउने हो । त्यसको लाभ उपभोक्तालाई हुन्छ । जुन मुलुकबाट हामी आयात गर्छौँ त्यहाँ दैनिक रुपमा घटबढ हुन्छ । त्यसलाई त्यहाँका उपभोक्ताले पनि सहज रुपमा लिएका छन् ।, हामीले त अझ १५–१५ दिनमा गर्छौँ । हामीलाई पनिस्वचालित मूल्य प्रणालीमा अव्यस्त केहि समय लाग्छ।’

यो समाचार शेयर गर्नुहोस्
660SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?