National life

सेन्चुरी चाउचाउ सर्बत्र उपलब्ध, भाटभटेनी सुपरमार्केटमा नयाँ स्वादको अनुभव लिन सक्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२१ असोज २०८३, बुधबार
417Shares
सेन्चुरी चाउचाउ सर्बत्र उपलब्ध, भाटभटेनी सुपरमार्केटमा नयाँ स्वादको अनुभव लिन सक्ने
ncell

काठमाडौं । सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित गर्दै सेन्चुरी चाउचाउ  बजारमा ल्याएको छ । लामो समयदेखि मसला तथा स्न्याक्स उत्पादनमार्फत आफ्नो छुट्टै पहिचान बनाएको सेन्चुरी ब्रान्डले अब तयारी चाउचाउको बजारमा पनि उपस्थितिलाई थप सशक्त बनाउने रणनीति अघि सारेको हो ।

कम्पनीका अनुसार नेपाली उपभोक्ताको स्वाद, रुचि र बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर नयाँ स्वादको नडल्स विकास गरिएको हो । व्यस्त जीवनशैलीका कारण छिटो र सहज रूपमा तयार हुने खाद्य पदार्थको माग बढिरहेका बेला गुणस्तरीय तथा फरक स्वादको उत्पादन उपलब्ध गराउने उद्देश्यले नयाँ चाउचाउ बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ उत्पादनको प्रवर्द्धनका लागि काठमाडौं उपत्यकाका भाटभटेनी सुपरमार्केटका बौद्ध, नक्साल, महाराजगञ्ज र ललितपुर शाखामा विशेष स्टल सञ्चालन गरिएको छ । ती स्टलमा पुगेर उपभोक्ताले नयाँ स्वादको अनुभव लिनुका साथै उत्पादनबारे थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सेन्चुरी ब्रान्डले उत्पादनको गुणस्तर, स्वाद र उपभोक्ताको विश्वासलाई प्राथमिकतामा राख्दै नेपाली बजारमा आफ्नो उपस्थितिलाई निरन्तर विस्तार गर्दै आएको बताएको छ । कम्पनीका अनुसार बजारमा प्रतिस्पर्धा बढ्दै गइरहेका बेला उपभोक्ताको बदलिँदो रुचिअनुसार उत्पादनमा नवीनता ल्याउनु प्रमुख प्राथमिकता रहेको छ ।

सेन्चुरी ग्रुप नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यवसायिक समूह हो । समूहले खाद्य उद्योगअन्तर्गत सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्समार्फत मसला, स्न्याक्स तथा तयारी खाद्य उत्पादनको दायरा विस्तार गर्दै आएको छ ।

कम्पनीले आधुनिक उपभोक्ताको आवश्यकता अनुरूप स्वाद, गुणस्तर र सहज उपलब्धतालाई केन्द्रमा राखेर उत्पादन विकास गरिरहेको जनाएको छ । नयाँ चाउचाउमार्फत नेपाली उपभोक्तालाई फरक स्वादको अनुभव प्रदान गर्नुका साथै स्वदेशी खाद्य ब्रान्डको प्रतिस्पर्धात्मक क्षमता थप सुदृढ बनाउने लक्ष्य रहेको कम्पनीको भनाइ छ ।

नेपाली खाद्य बजारमा स्वदेशी ब्रान्डबीच प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला सेन्चुरी चाउचाउले पनि गुणस्तरीय उत्पादन र नयाँ स्वादमार्फत आफ्नो ब्रान्ड पहिचानलाई थप मजबुत बनाउँदै बजार विस्तार गर्ने रणनीति अघि बढाएको जनाएको छ । सेन्चुरीका हरेक उत्पादन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चित छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
417SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?