National life

इरानसँगको युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा, कच्चा तेलको मूल्यमा ५% को उछाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२५ असार २०८३, बिहिबार
1.2kShares
इरानसँगको युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा, कच्चा तेलको मूल्यमा ५% को उछाल
ncell

काठमाण्डौ । अन्तर्राष्ट्रि बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अन्त्य भएको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा एकाएक उछाल देखिएको हो ।

ट्रम्पको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै ब्रेन्ट क्रुडको मूल्य ५.१० प्रतिशत अर्थात ३.७८ डलरले बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यससँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७७.९४ डलर पुगेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ४.९५ प्रतिशतले उकालो लाग्दै प्रतिब्यारेल ७३.९३ डलरमा कारोबार भईरहेको छ ।

टर्कीको अंकारामा आयोजित नाटो शिखर सम्मेलनका क्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने ,‘मलाई लाग्छ, यो समाप्त भइसकेको छ । ’ ट्रम्पले इरानसँग थप वार्ता गर्नु आफूलाई समयको बर्बादी जस्तो लागेको बताएका छन्। उनका अनुसार अमेरिकी प्रतिनिधिमण्डल शान्ति सम्झौताको प्रयासमा रहेको भए पनि पछिल्लो घटनाक्रमपछि वार्ताको सम्भावना कमजोर बनेको छ।

अमेरिका र इरानले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएपछि तनाव पुनः चर्किएको हो। अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा तीनवटा व्यावसायिक पानीजहाजमाथि भएको आक्रमणको जवाफस्वरूप इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार ती आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, कमान्ड तथा नियन्त्रण केन्द्र र पानीजहाजविरोधी क्षमतासँग सम्बन्धित संरचनालाई निशाना बनाइएको थियो। अमेरिकी पक्षले इरानका दर्जनौँ साना सैन्य डुंगा पनि नष्ट गरिएको दाबी गरेको छ।

लगानीकर्ताले स्ट्रेट अफ हर्मुजमा थप अवरोध आउन सक्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता व्यक्त गरेका छन्।

स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो। यस क्षेत्रमा लामो समयसम्म तनाव कायम रहेमा तेलको मूल्य, मुद्रास्फीति र विश्व अर्थतन्त्रमा थप दबाब पर्न सक्ने आँकलन गरिएको् छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?