National life
cg eloctronics

अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य ८० डलरभन्दा तल झर्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०३ असार २०८३, बुधबार
1.6kShares
अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य ८० डलरभन्दा तल झर्यो
muktinatha bikash bank

लण्डन — अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि हर्मुज जलमार्ग पुनःसञ्चालनमा आउने अपेक्षाले मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य चार प्रतिशतले घटेर प्रतिव्यारेल ७९ दशमलव ८७ डलरमा पुगेको छ । तीन महिनापछि ब्रेन्ट तेलको मूल्य पहिलो पटक ८० डलरभन्दा तल झरेको हो ।

यस्तै, अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य चार दशमलव पाँच प्रतिशतले घटेर प्रतिव्यारेल ७७ दशमलव १६ डलरमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डमा शुक्रबार अमेरिका र इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि हर्मुज पूर्ण रूपमा खुल्ने बताएका छन् । 

फेब्रुअरीको अन्त्यतिर सुरु भएको अमेरिकी तथा इजरायली आक्रमणको प्रतिक्रियास्वरूप इरानले उक्त महत्वपूर्ण जलमार्गमा ट्याङ्कर आवत-जावत प्रभावकारी रूपमा अवरुद्ध गरेको थियो ।

यसले विश्व बजारमा तेल तथा ग्यास आपूर्तिमा दबाब सिर्जना गर्दै कच्चा तेलको मूल्य उच्चस्तरमा पुगेको थियो ।ब्रोकर कम्पनी ट्रेड नेसनका वरिष्ठ बजार विश्लेषक डेभिड मोरिसनका अनुसार स्हर्मुज पुनःसञ्चालनमा आउनु कुनै पनि शान्ति सम्झौताबाट प्राप्त हुने सबैभन्दा तत्काल र सकारात्मक परिणाममध्ये एक हो ।

everest bank

उनले भने, 'इरानले हर्मुज प्रयोग गर्ने जहाजमा कर लगाउने चेतावनी दिए पनि तेल बजारमा आपूर्ति अवस्था क्रमशः सहज बन्दै गएको संकेत देखिएको छ ।'

विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने हर्मुज पुनःखुल्ने सम्भावनाले बजारमा आपूर्ति अवरोधको चिन्ता कम भएको र त्यसकै प्रभावस्वरूप तेलको मूल्यमा गिरावट आएको विश्लेषकको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?