National life

ग्यासको सिलिन्डर साट्न समस्या छ ? आइतबारदेखि यी ६ ठाउँमा जानुस्

जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर ग्यास पाइने, उपत्यकामा ६ स्थान तोकियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२३ असोज २०८३, शुक्रबार
500Shares
ग्यासको सिलिन्डर साट्न समस्या छ ? आइतबारदेखि यी ६ ठाउँमा जानुस्
ncell

काठमाडौँ । काठमाडौँ उपत्यकाका उपभोक्ताले अब फरक–फरक ब्रान्डका खाली सिलिन्डर साटेर खाना पकाउने एलपी ग्यास लिन पाउने भएका छन् । चाडपर्वका बेला आफ्नो सिलिन्डरको ब्रान्डअनुसार ग्यास खोज्नुपर्ने बाध्यता हटाउन नेपाल एलपी ग्यास उद्योग सङ्घले विशेष व्यवस्था गरेको हो ।

सङ्घका अनुसार असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म काठमाडौँ उपत्यकाका ६ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर सेवा सञ्चालन हुनेछ । नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासङ्घको सहकार्यमा सञ्चालन हुने यी केन्द्रबाट बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सेवा लिन सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सङ्घका अध्यक्ष दिवान चन्दले जारी गरेको विज्ञप्तिमा चाडपर्वका बेला एउटा ब्रान्डको खाली सिलिन्डर लिएर अर्को ब्रान्डको ग्यास किन्न नपाउँदा उपभोक्ताले समस्या भोग्नुपरेको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको उल्लेख छ ।

उपत्यकाका ६ स्थानमा सिलिन्डर साटफेर

सङ्घले ग्यास बिक्री तथा सिलिन्डर साटफेरका लागि उपत्यकाका विभिन्न ६ स्थान तोकेको छ ।

१. सिफलचौर, काठमाडौँ

  • उपलब्ध ब्रान्ड : एभरेस्ट र सुगम

  • सम्पर्क : ९८०१०९१२७७

  • २. पेप्सीकोला, काठमाडौँ

    • उपलब्ध ब्रान्ड : सगर ग्यास

  • सम्पर्क : ०१–५१५६२७४

  • ३. बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि, काठमाडौँ

    • उपलब्ध ब्रान्ड : नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी

  • सम्पर्क : ९८०२९५०४१७

  • ४. सुकेधारा, काठमाडौँ

    • उपलब्ध ब्रान्ड : बाबा र श्री ग्यास

  • सम्पर्क : ९८५१११३७०४

  • ५. कलङ्की, काठमाडौँ

    • उपलब्ध ब्रान्ड : साईबाबा र श्रीकृष्ण ग्यास

  • सम्पर्क : ९८५१०६०१९२

  • ६. हरिसिद्धि, ललितपुर

    • उपलब्ध ब्रान्ड : श्रीराम ग्यास

  • सम्पर्क : ९८५११३७७३२

  • ग्यास आयात नियमित, साटफेरको समस्या समाधान गर्ने प्रयास

    नेपाल एलपी ग्यास उद्योग सङ्घले भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात नियमित भइरहेको जनाएको छ । सङ्घका अनुसार गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर ग्यास बिक्री वितरण भएको थियो ।

    ग्यासको आपूर्ति नियमित रहे पनि चाडपर्वका समयमा फरक ब्रान्डका सिलिन्डर साट्न नपाउँदा उपभोक्तालाई समस्या हुने गरेको सङ्घको भनाइ छ । त्यसैले निश्चित स्थानबाट सिलिन्डर साटफेर तथा ग्यास बिक्रीको व्यवस्था गरिएको हो ।

    यो व्यवस्थाले दसैँलगायत चाडपर्वका बेला ग्यास खोज्न र खाली सिलिन्डर साट्न उपभोक्ताले भोग्दै आएको झन्झट कम गर्ने अपेक्षा गरिएको छ । सेवा लिनुअघि उपभोक्ताले आफूलाई आवश्यक पर्ने ब्रान्ड उपलब्ध हुने केन्द्रमा सम्पर्क गरेर जानकारी लिन सक्नेछन् ।

    nic asia capital
    यो समाचार शेयर गर्नुहोस्
    500SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?