काठमाडौँ। नेपाल बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । हालसम्मकै उच्च बिन्दुबाट सुनको मूल्य ओरालो लागेको हो । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज प्रतितोला १ हजार रुपैयाँले घटेको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ।


































