National life

टिम भेन्चर्सले हिमालयन क्यापिटललाई बिक्री गर्‍यो फुडमाण्डुको आशिंक सेयर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१६ साउन २०८०, मङ्गलबार
1.1kShares
टिम भेन्चर्सले हिमालयन क्यापिटललाई बिक्री गर्‍यो फुडमाण्डुको आशिंक सेयर
ncell

काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटललाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आशिंक सेयर बिक्री गरेको छ । यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटलले संयुक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

टिम भेन्चर्स ऊर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृषि पूर्वाधार र विद्युतीय सवारी जस्ता नाफामूलक क्षेत्रहरूमा विविधीकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनी हो ।

फुडमाण्डुमा टिम भेन्चर्सले सन् २०२० मा सिरिज बि अन्तर्गतको संस्थागत लगानी गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
टिम भेन्चर्सको यस रणनीतिक लगानीले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेण्टसहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको बताइएको छ ।

झण्डै दुई वर्षको अवधिमै टिम भेन्चर्सले आफ्नो आशिंक लगानी दुई गुणाको प्रतिफलसहित बिक्री गर्न सफल भएको छ ।

सन् २०१० मा स्थापना भएको फुडमाण्डु नेपालको अनलाइन फुड डेलिभरी ९रेस्टुरेण्टमा आधारित खाद्य तथा खानाजन्य वस्तु बिक्रीरवितरण गर्ने० कम्पनीको रूपमा कार्य गर्दै आएको छ।

हिमालयन क्यापिटल हिमालयन बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा स्थापित मर्चेन्ट बैंक हो ।

हिमालयन क्यापिटलले वित्तीय व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवा जस्ता विशिष्टीकृत वित्तिय तथा लगानी सेवाहरू प्रदान गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?