National life

सीजीका सामान खरिद गर्दा टी-२० विश्वकप हेर्न ५ दिने मुम्बई भ्रमणको अवसर

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०३ पुस २०८२, बिहिबार
1.1kShares
सीजीका सामान खरिद गर्दा टी-२० विश्वकप हेर्न ५ दिने मुम्बई भ्रमणको अवसर
ncell

काठमाडाैँ। आईसीसी टी–२० वर्ल्डकपको उमंगमा सीजीले खेलप्रेमीहरूका लागि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले 'सीजीको साथमा, वर्ल्डकप टिकट हातमा' नामको नयाँ योजना ल्याएको हो ।

'लेभल अप विथ सीजी' भन्ने मूल नाराका साथ ल्याएको उक्त योजनाअनुसार ग्राहकहरूले सीजी ब्रान्डका सामानहरूको खरिदमा बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउनेछन् ।

कम्पनीका अनुसार यस योजनामा विजेताले ५ दिने मुम्बई भ्रमणको अवसर प्राप्त गर्नेछन्, जसमा दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ र खानपिनको सम्पूर्ण सुविधा, मुम्बई सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने नेपालको खेलको टिकट समेत समावेश गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो योजनामा सहभागी हुन CG [space] Warranty Card no. [space] Product Name [space] Customer Name [space] Address टाइप गरेर ३१००३ मा एसएमएस पठाउनुपर्नेछ र  लक्की ड्रमार्फत विजेताहरू छनोट गरिनेछ ।

यो योजना मंसिर २९ गतेदेखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?