National life

अमेरिकी एक महिलाले लामो दाह्री पालेर राखिन गिनिज बुकमा नाम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ फागुन २०८०, शनिबार
875Shares
अमेरिकी एक महिलाले लामो दाह्री पालेर राखिन गिनिज बुकमा नाम
ncell

एजेन्सी। अमेरिकामा एकजना महिलाले लामो दाह्री पालेर गिनिज बुकमा नाम लेखाएकी छिन् ।

३८ वर्षकी एरिन हनिकट अमेरिकाको मिशिगनमा बस्छिन् । गिनिज वर्ल्ड रेकर्डस्का अनुसार हनिकटले दुई वर्षको अवधिमा ११.८१ इन्च लामो दाह्री बनाएर विश्व कीर्तिमान कायम गरेकी हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विश्वकै सबैभन्दा लामो दाह्री भएकी महिलाको रुपमा उनको नाम गिनिज बुकमा दर्ज भएको छ ।

यो सँगै उनले ७५ वर्षीया भिभियन ह्वीलरको रेकर्ड भंग गरेकी छिन् । भिभियनको दाह्री १०.०४ इन्च लामो थियो । समाचार अनुसार हनिकटको दाह्री पूर्णरुपमा प्राकृतिक हो र दाह्री बढाउनका लागि उनले कुने हर्मोन वा सप्लिमेन्ट लिएकी छैनिन् ।

हनिकटलाई पोलिसिस्टिक ओभरियन सिन्ड्रोम नामक रोग छ । जसका कारण उनका दाह्रीजुँगा पलाएका हुन् । वास्तवमा हर्मोनको असन्तुलनका कारण यो स्वास्थ्य समस्या पैदा हुन्छ । यसले महिलामा अनियमित रजश्वला, शरीरमा अनावश्यक रौँ पलाउने, वजन बढ्ने जस्ता समस्या देखा पर्दछन् ।

एरिक १३ वर्षकी छँदादेखि नै उनको अनुहारमा दाह्रीजुँगा पलाउन सुरु गरेका थिए । त्यसबाट छुटकारा पाउनका लागि उनले खौरने तथा वाक्सिंग गर्नेलगायतका अनेक उपाय अपनाइन् । उनले दिनमा तीन पटकसम्म खौरिने गर्थिन् । आफ्नो किशोरावस्था देखि यौवनावस्थासम्मै उनले यस्तो जारी राखिन् ।

यो समाचार शेयर गर्नुहोस्
875SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?