National life

डिशहोम गो एपमा चर्चित कोरियन सिरिजको मेला

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
694Shares
डिशहोम गो एपमा चर्चित कोरियन सिरिजको मेला
ncell

विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले  DH GO App  मा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ । Goblin, The Lonely and Great God, My Little Baby, Richman, King in the love, Melting Heart, Kill Me Heal Me, आदि जस्ता चर्चित कोरियन सिरिजहरु डिशहोमको GO App मा उपलव्ध रहेको छ ।

यस्तै डिशहोमको GO App मा १५० भन्दा वढि लाईभ टिभी च्यानलहरु पनि हेर्न सकिन्छ । सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्नसकिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘डिशहोम गो (DishHome GO)’ एपमा लाइभ टिभि संगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ । ग्राहकहरु लाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाइरहेको कम्पनीले जनाएको छ।

यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

 

यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?