National life
cg eloctronics

पशुपतिबाट नन्दी चोरी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ जेठ २०८०, आइतबार
2.2kShares
पशुपतिबाट नन्दी चोरी
muktinatha bikash bank

पशुपतिनाथ मन्दिरमा छाडिएका नन्दी (साँढे) तस्करी भएको छ। एक साताको अन्तरालमा दुई वटा नन्दी चोरी गर्दै गरेको अवस्थामा फेलापरेपछि पशुपतिनाथका साँढे पनि तस्करले लैजाने गरेको खुलेको हो।

जेठ २३ गते साँढे चोरी गरी लैजान लागेको अवस्थामा रामेछाप घर भई हाल ललितपुरमा गाई फर्म सञ्चालन गर्ने यादव बोहोरालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार सोही दिन अभियुक्त बोहोरालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्रहरीले अभियुक्त बोहोरासँगै बा१३च १४०१ नम्बरको पिकअप भ्यान बरामद गरेको छ। साथै गाडीमा राखिएको एउटा नन्दी उद्धार गरिएको प्रहरीको भनाइ छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बौद्धबाट अर्को एउटा नन्दीको पनि उद्धार गरिएको बताउनुभयो। उहाँका अनुसार शुक्रबार पशुपति क्षेत्रबाट बौद्ध पु¥याइएको नन्दी फिर्ता ल्याएर औषधोपचार गरिएको छ।

everest bank

उहाँले भन्नुभयो, “ठुला भएका नन्दी चोरी गर्ने गिरोह सक्रिय भएको पाइयो। यस्ता नन्दी पाँच मिनेटमा छोटो दुरी मात्रै हिँड्न सक्छन्। शुक्रबार बौद्धमा पु–याएर बाँधेको अवस्थामा फेलाप–यो। हानेर भागेको भागै ग–यो। बल्लबल्ल उद्धार गरी ल्याएर औषधि लगाइयो।”

डा. खतिवडाले पशुपतिनाथ मन्दिरमा प्रत्येक पूर्णिमामा १२ वटा र मकैसुब्बा गुठीबाट एउटा गरी वर्षमा १३ वटाका दरले पशुपतिनाथका नाममा नन्दी छाड्ने परम्परा रहेको बताउनुभयो। उहाँका अनुसार यसरी छाडिएका नन्दी पाशुपत क्षेत्रमै रहन्छन्। उहाँले भन्नुभयो, “कहिलेकाहीँ पशुपतिनाथबाट नन्दी हराउने कुरा सुनिन्थ्यो तर चोरी नै हुँदोरहेछ भन्ने अहिले खुल्यो।”

डा. खतिवडाले नन्दी संरक्षणमा पशुपति गौशाला धर्मशालाको दायित्व हुने बताउनुभयो। उहाँले भन्नुभयो, “पशुपति गौशाला धर्मशालाको जिम्मेवारी नै पशुपतिनाथका नाममा छाडिएका नन्दी संरक्षण गर्नु हो तर गौशाला धर्मशालामा जर्सी गाई पालेर दूध व्यापार गरिन्छ।

नन्दी बाहिरको बाहिरै हुन्छन्। त्यो जग्गा नन्दी संरक्षण गर्न हो, जर्सी गाई पाल्न होइन।” पशुपति गौशाला धर्मशाला अहिले मारवाडी सेवा समितिले सञ्चालन गर्दै आएको छ। गोरखापत्रबाट

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?