National life

लगातार ६ मिनेटसम्म मुखबाट पानीको धारा बगाएर विश्व कीर्तिमान कायम

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ चैत २०८०, शनिबार
758Shares
लगातार ६ मिनेटसम्म मुखबाट पानीको धारा बगाएर विश्व कीर्तिमान कायम
ncell

एजेन्सी। चीनका एकजना ३५ वर्षीय युवाले लगातार ६ मिनेटसम्म मुखबाट पानीको धारा बगाएर विश्व कीर्तिमान कायम गरेका छन् ।

योसँगै मा हुइ नामका ती पुरुषले सबैभन्दा लामो समयसम्म मुखबाट पानी बगाएर गिनिज बुकमा नाम लेखाएका छन् ।

मा हुुइले यतिधेरै लामो समयसम्म मुखबाट पानीको धारा बगाए कि उनको त्यो समय यसअघिको रेकर्ड भन्दा करिब ६ गुणा लामो हो ।

यसअघि यो विधामा इथियोपियाका किरुबेल यिल्माको नाममा विश्व कीर्तिमान थियो र उनले ५६.३६ सेकेण्डसम्म मुखबाट पानी फ्याँकेर विश्व कीर्तिमान कायम गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जबकि मा हुइले ५ मिनेट ५१.८८ सेकेण्डसम्म मुखबाट पानीको धारा फ्याँके ।

यस्तो कीर्तिमान कायम गर्नका लागि मा ले साढे ४ लिटर पानी पिएका थिए । त्यसरी पिएको पानीलाई उनले बिस्तारै उघ्राउँदै मुखबाट बाहिर फ्याँके र त्यसमा मांशपेशीको अब्बल नियन्त्रण सावित गरे।

यो समाचार शेयर गर्नुहोस्
758SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?