काठमाडौं — केन्या सरकारले नेपालका उत्तर क्षेत्रका पहाडी जिल्लाहरू तथा त्रिशूल र भोटेकोशी नदी उपत्यकामा गएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो शोक र समवेदना प्रकट गरेको छ।
केन्याका प्रधान मन्त्री तथा मन्त्रिपरिषद्का सचिव एवम् परराष्ट्र तथा डायस्पोरा मामिला मन्त्री डा. मुसालिया मुडाभाडीले नेपालका परराष्ट्रमन्त्री माननीय शिशिर खनाललाई एक समवेदना पत्र पठाउँदै नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना प्रकट गर्नुभएको हो।
पत्रमा भनिएको छ, "उत्तरी पहाडी जिल्लाहरू र त्रिशूल तथा भोटेकोशी नदी उपत्यकामा विनाशकारी बाढीका कारण जीवन र सम्पत्ति गुमाएको खबरले हामीलाई गहिरो धक्का र दुःख दिएको छ।"
केन्या सरकार र तर्फबाट नेपाली जनता तथा नेपाल सरकारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै प्रार्थना गरिएको छ।
यस कठिन परिस्थितिमा विदेशी नागरिक, पर्यटक तथा प्रभावित परिवारहरूलाई स्मरण गर्दै केन्या सरकार र त्यहाँका जनता नेपालको पक्षमा ऐक्यबद्धता जनाउँदै उभिएको पत्रमा उल्लेख गरिएको छ।

































