National life

म्याद सकिएको घिउ तथा अन्य सामान बेच्ने भाटभटेनीलाई १ लाख जरिवाना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
1.5kShares
म्याद सकिएको घिउ तथा अन्य सामान बेच्ने भाटभटेनीलाई १ लाख जरिवाना
ncell

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय ललितपुरले भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई कारबाही गरेकाे छ । भाटभटेनीलाई जिल्ला प्रशासन कार्यालयले १ लाख रुपैयाँ जरिवाना गरेको छ ।

ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले मंगलबार मानभवनस्थित कृष्णगल्लीमा रहेको भाटभटेनीको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो ।

त्यसक्रममा म्याद सकिएको घिउ, अण्डा बिक्री गरेको पाइएपछि भाटभटेनीलाई एक लाख रुपैयाँ जरिवाना गरिएको सहायक प्रजिअ सुनुवारले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै विग मार्टले बिक्री गर्ने हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार रुपैयाँ जरिवाना र म्याद सकिएको बियर बिक्री गरेको भेटिएपछि दश हजार जरिवाना गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?