National life

राहदानी छपाइ प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा दायर

विदेशी कम्पनीसँग सम्बन्धित प्रतिनिधिहरू समेत मुद्दामा समेटिएका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०८ असार २०८३, सोमबार
858Shares
राहदानी छपाइ प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा दायर
ncell

काठमाडौँ । राहदानी छपाइसँग जोडिएको विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। आयोगले अनुसन्धान पूरा गरेपछि सोमबार अभियोगपत्र दायर गरेको हो।

मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य लगायतलाई पनि प्रतिवादी बनाइएको छ। साथै विदेशी कम्पनीसँग सम्बन्धित प्रतिनिधिहरू समेत मुद्दामा समेटिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अनुसन्धानबाट राहदानी छपाइ प्रक्रियामा करिब ८ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको दाबी गरिएको छ। नयाँ विद्युतीय राहदानी आपूर्ति तथा प्रणाली व्यवस्थापनका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा प्रक्रियागत कमजोरी देखिएको आरोप छ।

छानबिनका क्रममा बोलपत्र मूल्याङ्कन समितिको गठन र निर्णय प्रक्रियामा हस्तक्षेप भएको आशंका गरिएको छ। जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले ठेक्का पाए पनि सम्झौता अनुसार काम भने सुरु नभएको जनाइएको छ।

यस प्रकरणमा सार्वजनिक खरिद नियम उल्लङ्घन भएको आरोप उठेपछि अख्तियारले विस्तृत अनुसन्धान अघि बढाएको थियो।

यो समाचार शेयर गर्नुहोस्
858SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?