National life

बलिउड अभिनेत्री निकिताको घरमा लुटपाट, दुई जना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२९ असोज २०८०, सोमबार
728Shares
बलिउड अभिनेत्री निकिताको घरमा लुटपाट, दुई जना पक्राउ
ncell

काठमाडौँ । बलिउड अभिनेत्री निकिता रावलको घरमा लुटपाट भएको छ । अभिनेत्रीलाई बन्दुक देखाएर नगद र गहना लुटपाट भएको हो ।

अभिनेत्री निकिताले आफ्नो घरबाट साढे तीन लाख नगद र थुप्रै गहना लुटिएको बताइन् । उनले अक्षय कुमारको फिल्म ‘गरम मसाला’ मा अभिनय गरिसकेकी छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लुटपाटमा उनकै घरमा काम गर्दै आएका एक व्यक्तिसमेत संलग्न रहेको पाइएको छ । बांगुर नगर पुलिस स्टेसनका सिनियर इन्सपेक्टरले लुटपाटबारे उजुरी दर्ता भइसकेको र प्रमोद नाम गरेका एक आरोपित र उनका एक साथीलाई नियन्त्रणमा लिइसकेको जानकारी दिएका छन् ।

प्रमोद अभिनेत्री निकिताकै घरमा काम गर्दै आएका थिए ।

निकिता भन्छिन्, ‘मलाई विश्वास नै भइरहेको छैन कि मेरै घरमा काम गर्नेमध्ये एक जनाले यस्तो गरेको छ भन्नेमा, दुःखको कुरा, मानिस कसरी पहिला विश्वास जित्छन् र पछि यो हदसम्म त्यसलाई दुरुपयोग गर्दछन् ।’

 

यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?