National life

शेयर बजारमा ९ अंकको बृद्धि, १ अर्ब १८ करोडको काराेबार हुँदा १७४ कम्पनीको मुल्य बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ असोज २०८०, बुधबार
531Shares
शेयर बजारमा ९ अंकको बृद्धि, १ अर्ब १८ करोडको काराेबार हुँदा १७४ कम्पनीको मुल्य बढ्यो
ncell

काठमाडौं । आज शेयर बजारमा सुधार आएकाे छ । आज शेयर बजार नेप्से परिसूचक ९.२४ अंकले बढेर १,९६७.९७ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज १७४ कम्पनीको शेयर मुल्य बढेको छ भने ५२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोडमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ४ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज शिवम् सिमेन्टको ३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफको तीन करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मध्य भोटेकोशीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ .९८ प्रतिशतका दरले कमाएका छन् ।

यसका साथै, इन्फिनिटी लघुवित्तको ९ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ७.६२ प्रतिशत, दिव्यश्ररी हाइड्रोपावरको ७.५८ प्रतिशतले बृद्धि भएको छ ।

nic asia capital

त्यस्तै, आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.६१ प्रतिशतका दरले गुमाएका हुन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.५५ प्रतिशतका दरले गुमाएका हुन् ।

त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ३.८७, आशा लघुवित्तको ३.८४, एनआईसी एशिया सेलेक्ट फण्ड–३० को ३.४१, बीपीडब्लु लघुवित्तको ३.१०, गुराँस लघुवित्तको ३, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को २.१३, नबिल ब्यालेन्स फण्ड–३ को २.०३ र कुमारी इक्विटी फण्डको २.०२ प्रतिशतले शेयरमूल्य घटेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
531SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?