National life

सर्वाधिक सेयर कारोबार हुने कम्पनीमा को–को परे?

८४ वटा कम्पनीको मूल्य घटेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१८ दिन अगाडि|१६ भदौ २०८३, मङ्गलबार
3.8kShares
सर्वाधिक सेयर कारोबार हुने कम्पनीमा को–को परे?
ncell

काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल ७६ लाख १३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कारोबार रकम २ अर्ब ९० करोड ६९ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये १८१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८४ वटा कम्पनीको मूल्य घटेको छ। यस्तै, १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आजको कारोबारमा माथिल्लो मैलुङ खोला जलविद्युत्को सेयर मूल्य सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ। त्यस्तै, एमबीएल इक्विटी फन्डको ५.८८ प्रतिशत, इमर्जिङ नेपालको ४.८५ प्रतिशत, सान्जेन जलविद्युत्को ३.८१ प्रतिशत र मन्छियम हाइड्रोपावरको सेयर मूल्य ३.६९ प्रतिशतले बढेको छ।

त्यसैगरि, सोलु हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १३ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

शिवम् सिमेन्टको १३ करोड ६३ लाख, आँखु खोला जलविद्युतको १० करोड ३६ लाख, रिडी पावरको ९ करोड १३ लाख, सानिमा मिडल तमोरको ९ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

समग्रमा बजारमा खरिदकर्ता हाबी हुँदा नेप्से परिसूचक सकारात्मक बनेको हो।

यो समाचार शेयर गर्नुहोस्
3.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?