National life

प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, कुन योजनामा कति बोनस ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ चैत २०८१, शुक्रबार
621Shares
प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, कुन योजनामा कति बोनस ?
ncell

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८० र८१ को लागि नयाँ बोनस दर घोषणा गरेको छ ।नेपाल बीमा प्राधिकरण कम्पनीको बीमाङ्कीय प्रतिवेदन चैत २७ गते स्वीकृत गरेपछि कम्पनीले आफ्नो विभिन्न बीमा योजनाहरूमा लागू हुने गरी नयाँ बोनस दर सार्वजनिक गरेको हो।

कम्पनीले ‘सावधिक’ बीमा योजनामा बीमा अवधिअनुसार घटीमा ३३ रुपैयाँदेखि बढीमा ७० रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ। त्यस्तै अर्को बीमा योजना ‘सावधिक तथा आजीवन’ मा बीमा अवधिअनुसार ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्षसम्म अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षसम्म अवधिका लागि ३३ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७० रुपैयाँ बोनस दर कायम गरेको छ।

त्यस्तै, बीमा योजनामा २३ देखि २७ रुपैयाँसम्म र ‘महालक्ष्मी सावधिक जीवन बीमा’ योजनामा ४५ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ। कम्पनीले अर्को बीमा योजना ‘महालक्ष्मी सरल जीवन बीमा’ मा बीमा अवधिअनुसार ५२ रुपैयाँदेखि ५५ रुपैयाँसम्म, ‘महालक्ष्मी जीवन हेरचाह बीमा’ मा ५० देखि ५१ रुपैयाँसम्म र ‘महालक्ष्मी बाल बचत बीमा’ योजनामा ३२ रुपैयाँदेखि ३९ रुपैयाँसम्म बोनस दिने भएको छ।

त्यस्तै ‘महालक्ष्मी वार्षिक धन फिर्ता बीमा’ योजनाको सबै अवधिमा ३५ रुपैयाँ, ‘महालक्ष्मी धनधान्य बीमा’ योजनाको सबै अवधिमा ४५ रुपैयाँ र ‘महालक्ष्मी सावधिक आजीवन बीमा’ योजनाको पनि सबै बीमा अवधिमा समान ३८ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने घोषणा गरेको छ । यो बोनस दर अर्को बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि मृत्यु दाबी, आवधिक दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालू बीमालेखहरूमा समेत लागू हुने कम्पनीले बताएको छ।

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?