काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक गरेको छ ।
जस अनुसार बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकेको हो । यो नयाँ दररेट साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ ।
परिमार्जित दर रेटमा ओपीडी टिकट ५० रुपैयाँ, जनरल बेड चार्ज प्रतिदिन दुई सय ५० रुपैयाँ राखिएको छ ।
सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ।
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/07/Benefit_Package_Updated_Final_2081_Jul10_2024.pdf"]


































