National life
cg eloctronics

आदिम कलेज र टोक्मा टेक्नोलोजीबीच व्यावसायिक साझेदारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० वैशाख २०८२, मङ्गलबार
509Shares
आदिम कलेज र टोक्मा टेक्नोलोजीबीच व्यावसायिक साझेदारी
ncell

काठमाण्डौ,  सूचना प्रविधि क्षेत्रमा शिक्षालाई रोजगारीसँग जोड्ने महत्वपूर्ण उद्देश्यका साथ आदिम कलेज र टोक्मा टेक्नोलोजी प्रा.लि.बीच सोमबार राजधानीमा एक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। यो सहकार्यले विद्यार्थीहरूलाई उद्योगको मागअनुसार व्यावसायिक सीपले सुसज्जित गराउने लक्ष्य राखेको छ।

विशेष समारोहमा आदिम कलेजका प्राचार्य शंकर प्रसाद शर्मा र टोक्मा टेक्नोलोजीका निर्देशक सागर आङदेम्बेले आ-आफ्नो संस्थाको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो। कलेजका व्यवसाय विकास प्रबन्धक धन बहादुर साउदले उक्त हस्ताक्षर कार्यक्रममा साक्षीका रूपमा उपस्थिति जनाउनुभएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उद्योग–शिक्षा सहकार्यद्वारा सीप अभिवृद्धि

यो रणनीतिक साझेदारीअन्तर्गत विद्यार्थीहरूलाई इन्डस्ट्री इन्टर्नशिप, संयुक्त अनुसन्धान, पाठ्यक्रम परिमार्जन, दक्षता विकास कार्यशाला र विशेषज्ञ सत्रहरूमार्फत व्यावसायिक सीपमा सशक्त बनाउने योजना छ। यसका साथै, ह्याकाथन, इनोभेसन च्यालेन्ज र रोजगारी सञ्जाल निर्माणजस्ता अवसरहरू पनि प्रदान गरिने बताइएको छ।

CAN महासंघद्वारा स्वागत

नेपाल कम्प्युटर महासंघ (CAN Federation) का उपाध्यक्ष तथा One Cover Pvt. Ltd. का CEO चिरञ्जीवी अधिकारीले यस सहकार्यको स्वागत गर्दै भन्नुभयो, “आदिम कलेज र टोक्मा टेक्नोलोजीबीचको यो सहकार्य नेपालमा सीपमूलक शैक्षिक–उद्योग साझेदारीको उत्कृष्ट उदाहरण बन्नेछ। यसले युवाहरूलाई सूचना प्रविधिमा दक्ष बनाएर देशलाई क्षेत्रीय IT हब बनाउन टेवा पुर्‍याउनेछ।”

शिक्षाबाट दक्ष जनशक्ति उत्पादनमा जोड

MoU हस्ताक्षरपश्चात् आदिम कलेजका प्राचार्य शंकर प्रसाद शर्माले प्रविधि शिक्षामा व्यवहारिक ज्ञानको महत्वमा जोड दिँदै भन्नुभयो, “प्रविधि शिक्षामा व्यवहारिक ज्ञान विना उत्कृष्ट जनशक्ति तयार गर्न सकिँदैन। यो सहकार्यले हाम्रा विद्यार्थीलाई डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धी बनाउन मद्दत गर्नेछ।”

MoU का प्रमुख बुँदाहरू:

समझदारीपत्रअनुसार, दुवै संस्थाले विभिन्न भूमिका निर्वाह गर्नेछन्:

आदिम कलेजद्वारा:

योग्य विद्यार्थीहरूको इन्टर्नशिप तथा परियोजनामा सहभागिता सुनिश्चित गर्ने।

शैक्षिक, भौतिक तथा व्यवस्थापन समर्थन प्रदान गर्ने।

संकाय सदस्यहरूसँग सहकार्य गरी समन्वित गतिविधि सञ्चालन गर्ने।

टोक्मा टेक्नोलोजीद्वारा:

विद्यार्थीलाई इन्टर्नशिप र अनुसन्धानमा प्रत्यक्ष सहभागी गराउने।

उद्योगसम्बन्धी मार्गदर्शन, अतिथि व्याख्यान र मेन्टरशिप कार्यक्रम सञ्चालन गर्ने।

पाठ्यक्रम परिमार्जनमा सहकार्य गर्दै समन्वित कार्यक्रम आयोजना गर्ने।

nic asia capital

यो समझदारीपत्र तीन वर्षका लागि मान्य हुनेछ र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था छ। दुवै संस्थाले नेपालमा सूचना प्रविधिको दक्ष जनशक्ति उत्पादन र दीर्घकालीन डिजिटल रूपान्तरणमा यो सहकार्यले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?