National life
cg eloctronics

२५ अर्ब डलरभन्दा बढीको विदेशी मुद्रा सञ्चिति सदुपयोग गर्न डेपुटी गभर्नरको संयोजकत्वमा समिति गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|२६ असोज २०८३, सोमबार
287Shares
२५ अर्ब डलरभन्दा बढीको विदेशी मुद्रा सञ्चिति सदुपयोग गर्न डेपुटी गभर्नरको संयोजकत्वमा समिति गठन
ncell

काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च स्तरमा पुगेर निष्क्रिय बसिरहँदा स्वदेशमा रोजगारी नपाएर युवाहरू विदेशिन बाध्य भइरहेका छन् । आन्तरिक उत्पादनका प्रमुख आधार मानिएका सिमेन्ट तथा फलामे डन्डी (आइरन) उद्योगहरू धमाधम बन्द भइरहेका छन् ।

देशको ढुकुटीमा डलर थुप्रिने तर आन्तरिक अर्थतन्त्र शिथिल बन्दै जाने यही विरोधाभासपूर्ण अवस्थालाई चिर्न सरकारले विदेशी मुद्रा सञ्चितिलाई उपयोग कसरी गर्ने भेर अध्ययन गर्ने समिति बनाएको छ ।

विदेशी मुद्राको यो ठूलो सञ्चितिलाई उत्पादनशील क्षेत्र र पूर्वाधार निर्माणमा लगानी गरी आन्तरिक रोजगारी सिर्जना गर्नका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा ‘सोभरेन वेल्थ फन्ड’ बनाउने घोषणा गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकराले निष्क्रिय बसेको विदेशी विनिमय सञ्चिति सदुपयोगको ठोस कार्ययोजना बनाउन डेपुटी गभर्नर किरण पण्डितको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ ।

उक्त समितिमा अर्थ मन्त्रालयका सहसचिव र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू सदस्य रहेका छन् । समितिले निश्चित समयतालिका (कङ्क्रिट टाइमलाइन) सहित विदेशी मुद्रा खर्च र लगानीको खाका तयार पार्ने जिम्मा पाएको स्रोतले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
287SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?