National life

राष्ट्र बैंकको सञ्चिति बलियो, आयात धान्ने क्षमता २१ महिनाभन्दा बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
1.6kShares
राष्ट्र बैंकको सञ्चिति बलियो, आयात धान्ने क्षमता २१ महिनाभन्दा बढी
ncell

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढेको देखिएको छ। २०८२ चैत मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ३०.५ प्रतिशतले बढी हो।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अमेरिकी डलरमा हेर्दा पनि सञ्चिति वृद्धि भएको छ। अघिल्लो वर्ष १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति बढेर २०.८ प्रतिशतले वृद्धि भई २३ अर्ब ५५ करोड डलर पुगेको छ।

संरचनागत रूपमा हेर्दा नेपाल राष्ट्र बैंकसँग रहेको विदेशी विनिमय सञ्चिति २४१४ अर्ब ६४ करोड रुपैयाँबाट बढेर ३०८२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ, जुन २७.७ प्रतिशतको वृद्धि हो। त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) सँग रहेको सञ्चिति २६३ अर्ब ४ करोडबाट ४१२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ, जसमा ५६.८ प्रतिशतको वृद्धि देखिन्छ।

कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.४ प्रतिशत रहेको छ। आयात क्षमताका आधारमा हेर्दा हालको सञ्चिति बैंकिङ क्षेत्रका लागि २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने अनुमान गरिएको छ।

अनुपातगत रूपमा हेर्दा २०८२ चैत मसान्तमा विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादनसँग ५७.२ प्रतिशत, कुल आयातसँग १५३.१ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ४१.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यी सूचकहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?