National life

विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुग्यो, हालसम्मकै उच्च स्तर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२९ असार २०८३, सोमबार
1.4kShares
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुग्यो, हालसम्मकै उच्च स्तर
ncell

काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको असार मसान्तमा २६ खर्ब ७७ अर्ब रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ४०.३ प्रतिशतले वृद्धि भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अमेरिकी डलरमा गणना गर्दा पनि सञ्चितिमा उल्लेखनीय सुधार देखिएको छ। डलर सञ्चिति २६.५ प्रतिशतले बढेर जेठ मसान्तसम्म करिब २४ अर्ब ६८ करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये ३३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको सञ्चिति नेपाल राष्ट्र बैंकसँग रहेको छ भने ४ खर्ब २५ अर्ब रुपैयाँ बराबर बैंक तथा वित्तीय संस्थासँग रहेको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

राष्ट्र बैंकका अनुसार हालको विदेशी मुद्रा सञ्चितिले बैंकिङ प्रणालीमार्फत हुने वस्तु आयात करिब २२.५ महिनासम्म तथा वस्तु र सेवाको संयुक्त आयात करिब १९.१ महिनासम्म धान्न सक्ने क्षमता राख्छ।

विदेशी मुद्रा सञ्चितिमा भएको उल्लेखनीय वृद्धिले नेपालको बाह्य क्षेत्रको स्थायित्व र समग्र बाह्य वित्तीय अवस्था थप मजबुत बनेको संकेत गरेको राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?