National life

विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो , १८ महिनाको आयात धान्न पुग्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२७ फागुन २०८२, बुधबार
897Shares
विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो , १८ महिनाको आयात धान्न पुग्ने
ncell

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढ्दै ३३ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनअनुसार गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले वृद्धि भई माघ मसान्तमा ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

अमेरिकी डलरमा हेर्दा पनि विदेशी विनिमय सञ्चितिमा वृद्धि देखिएको छ। असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको यस्तो सञ्चिति माघ मसान्तसम्म १६.७ प्रतिशतले बढेर २२ अर्ब ७६ करोड डलर पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा माघ मसान्तसम्म २१.२ प्रतिशतले वृद्धि भई २९ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

यस्तै, नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा उक्त अवधिमा ४२.८ प्रतिशतले बढेर ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात तथा १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ।

त्यस्तै, माघ मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (GDP), कुल आयात र विस्तृत मुद्रा प्रदायसँगको अनुपात क्रमशः ५४.१ प्रतिशत, १५०.२ प्रतिशत र ३९.७ प्रतिशत पुगेको छ। गत असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।

यो समाचार शेयर गर्नुहोस्
897SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?