National life

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर, १८ करोड विगो भराउने आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ असार २०८०, शुक्रबार
780Shares
आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर, १८ करोड विगो भराउने आदेश
ncell

काठमाडौं। नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैंया विगो भराउने आदेश गरेको हो । उनी डिभिजन सडक कार्यालयको प्रमुख हुदा अनियमिततामा मुछिएका थिए । उनी कार्यकारी निर्देशक भएकै बेला नेपाल आयोग निगमको जग्गा अनियमितता प्रकरण भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
780SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?