National life

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
519Shares
एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का चयन
ncell

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् ।

लघुवित्तले सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि खड्कालाई नियुक्त गरेको हो । लघुवित्त वित्तीय संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई चयन गरेको हो ।

लघुवित्तको संस्थापक एनआईसी एशिया बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएको हुनाले उनलाई उक्त पदमा नियुक्त गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि एनआईसी एशिया बैंकको तर्फबाट उक्त पदमा सञ्चालक दिनेश भारीले प्रतिनिधित्व गर्दै आईरहेका थिए । नव नियुक्त सञ्चालक कमल खड्काले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् ।

बैंकिङ्ग क्षेत्रमा करिब १० वर्ष देखि कार्यरत रहेका खड्का एनआईसी एशिया बैंकमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रुपमा कार्यरत रहनुका साथै पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?