National life

एनपीएल फाइनल :सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ पुस २०८१, शनिबार
653Shares
एनपीएल फाइनल :सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
ncell

काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधिको लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको चुनौती पेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रन जोड्यो ।

सुदूरका लागि ओपनरद्धय सैब अलि जैब र विनोद भण्डारीले शानदार सुरुआत दिलाए । पहिलो विकेटका लािग शतकीय साझेदार गरेका यी दुईमध्ये जैव ६९ रनमा र भण्डारी ४१ रनमा आउट भए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

४३ बलको सामना गरेका जैबले ८ चौका र २ छक्का हिर्काउँदा ३१ बलमा १ छक्का र तीन चौका हिर्काएका विनोदले ४१ रन जोडे ।

हर्मित सिंह र ब्रान्डन म्याकमुलेन समान १४ रनमा आउट हुँदा कप्तान दीपेन्द्रसिंह ऐरीले ९ तथा स्कट कुगेलेइनले १३ रन जोडे । बलिङमा जनकपुरका किशोर महतो र म्होमद महसीनले समान ३ तथा ललित राजवंशी र जिमि निसमले समान १ विकेट लिए ।

एनपीएलको विजेताले १ करोड १० लाख रूपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले ५१ लाख प्राप्त गर्नेछ । साथै प्रतियोगिताका उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?