National life
cg eloctronics

एनसेलको ‘सधैं अन करोडपति’ योजना, १ करोड रुपैयाँ बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असार २०८२, आइतबार
573Shares
एनसेलको ‘सधैं अन करोडपति’ योजना, १ करोड रुपैयाँ बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैयाँ
ncell

काठमाडौं । एनसेलले ‘सधैं अन करोडपति’ नामक ग्राहक लक्षित योजना सार्वजनिक गरेको छ । आइतबारदेखि सुरु भएको यो योजना १२ हप्तासम्म सञ्चालन हुनेछ। यस अवधिमा एकजना सहभागीले १ करोड रुपैयाँको बम्पर पुरस्कार जित्ने मौका पाउनेछन्। साथै, हरेक हप्ता १० जना विजेताले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

योजनामा सहभागी हुन ग्राहकले कम्तीमा ९९ रुपैयाँ बराबरको एनसेल सेवा खरिद गर्नुपर्नेछ । सेवा खरिद गरेपछि ग्राहकले योजनाको एक वटा डिजिटल टिकट पाउनेछन् । सोही टिकटमार्फत उनीहरू साप्ताहिक र अन्तिम बम्पर पुरस्कारको लागि योग्य हुनेछन्। ९९ रुपैयाँभन्दा बढीको प्याक खरिद गर्दा सोही अनुपातमा टिकट संख्या बढ्ने व्यवस्था गरिएको छ । उदाहरणका लागि, ४९९ रुपैयाँ बराबरको प्याक खरिद गर्दा पाँच वटा टिकट प्राप्त हुन्छन् ।

योजनाको विशेष आकर्षणका रूपमा रिन्यूअल (नवीकरण) वा रोमिङ सेवा खरिद गर्ने ग्राहकहरूले सामान्यभन्दा दोब्बर टिकट प्राप्त गर्नेछन्। यसले साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने सम्भावना बढाउने कम्पनीले जानकारी दिएको छ।

ग्राहकहरूले *१२३# डायल गरेर, नजिकको आधिकारिक एनसेल विक्रेताबाट, एनसेल एप, वेबसाइट वा डिजिटल वालेटमार्फत सेवा खरिद गर्न सक्नेछन्। टिकट प्राप्त भएपछिको विवरण ग्राहकलाई एसएमएसमार्फत उपलब्ध गराइनेछ। साथै, *९९९९# डायल गरेर वा ९९९९ मा एसएमएस पठाएर टिकटहरू हेर्न सकिनेछ।

साप्ताहिक पुरस्कार विजेताहरूको घोषणा हरेक आइतबार साँझ ६:३० देखि ७:०० बजेसम्म एनसेल युट्युब च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत गरिनेछ। विजेताहरूसँग सिधा सम्पर्क गरी पुरस्कार हस्तान्तरण प्रक्रिया अघि बढाइनेछ।

सभी प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू योजना सहभागी योग्य छन्। पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रही वा नयाँ सिम खरिद गरी सहभागी हुन सक्नेछन्। सहभागी हुने ग्राहकले नेपाली बैंकमा खाता र प्यान नम्बर भएको हुनुपर्नेछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनसेलको ‘सधैं अन करोडपति’ योजना, १ करोड रुपैयाँ बम्पर पुरस्कार, हरेक हप्ता १० लाख रुपैयाँ | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस